२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरबाट विप्लवका ३ जना कार्यकर्ता पक्राउ

तुलसीपुर,  
५ असार । तुलसीपुर क्षेत्रवाट विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय घोराहीबाट साधा पोशाकमा खटिएका प्रहरीले विहीवार पक्राउ गरेका हुन ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी विप्लवका जिल्ला कमिटी सदस्य मदन केसी, तुलसीपुर १८ विजौरी निवासी नगर कमिटी सदस्यहरु दिनेश वली र जीवन वली रहेको स्रोतले बताएको छ ।

विहीवार बेलुका पौने ६ बजेतिर केसीलाई तुलसीपुर ६ बाट र वलीद्धयलाई विहीवार बेलुकी पख बिजौरीवाट नियन्त्रणमा लिइएको एक प्रहरीले जानकारी दिएको छ।