२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

बर्दियामा क्वारेन्टाइनबाट घर गएका एक पुरुषको मृत्यु

गुलरिया, 
५ असार । बर्दियाको बारबर्दिया नगरपालिका ३ स्थित क्वारेन्टाइनबाट घर गएका एक पुरुषको मृत्यु भएको छ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका ४५ वर्षीय पुरुषको एक्‍कासी बिरामी परेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

मृतक पुरुषको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए । मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जनाइएको छ ।

दुई साताअघि काठमाडौंबाट बर्दिया आएका पुरुष १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए।तर, उनलाई घर फर्किएकै बिहीबार राती एक्‍कासी श्वास फेर्न कठिन भएको शर्माले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।