बुटवल,
५ असार । रुपन्देहीको तिलोत्तमा–४ प्रगतिनगरमा आफ्नै बाबुले ८ वर्षको छोरालाई ज्युँदै जमिनमा गाडेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठौरले गाउँलेहरुको भनाईलाई उद्धृत गर्दै भने– ‘छोरा बिरामी भएर बेहोस भएपछि बाबुले बोरामा हालेर जमिनमा गाडेका थिए ।’
उनले छोरालाई घरबाट इरिक्सामा राखेर गाड्न लगेका थिए । आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ । आरोपित छोराका बुवाले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको प्रहरीलाई बयान दिएका छन् ।
-तस्विर :यमुना थारु