२०७७ असोज ८ गते बिहिवार
२०७७ असोज ८ गते बिहिवार

व्यवस्थापन सहज गराउने उद्देश्यले क्वारेन्टाइनलाई सहयोग

शान्तिनगर,  
५ असार । शान्तिनगर गाउँपालिका वडा नं. २ का तरुण दल अध्यक्ष बिमल खड्काले क्वारेन्टाइनलाई खाद्यान्न सहयोग गरेका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. २ निबासी बिमल खड्काले शान्तिनगर गाउँपालिका वडा नं. २ पेदामा रहेको बालकल्यान आधारभुत विद्यालयमा सञ्चालन गरीएको क्वारेन्टाइनलाई खाद्यान्न सहयोग गरेका हुन् ।

खड्काले क्वारेन्टाइनको लागि १० कार्टुन मिनरल वाटर, १ गत्ता बिस्कुट, १ गत्ता चाउचाउ र ५ केजी चिउरा सहयोग गरेका छन् ।

क्वारेन्टिन व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले खड्काले उक्त सामाग्री बाघमारे स्वास्थ्य चौकीका प्रमुख कमल भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।