२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सङ्क्रमितको सम्पर्कमा रहेका १११ को स्वाब सङ्कलन

दाङ,  
५ असार । दाङको घोराहीमा क्वारेन्टिनबाट घर गएपछि कोरोना सङक्रमणको पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा रहेका एक सय ११ जनाको स्वाब सङ्कलन गरिएको छ ।

घोराही उपमहानगरपालिका १७ को गोरक्ष रत्ननाथ मावि र रात्रि प्रावि क्वाडीको क्वारेन्टिनबाट घर गएपछि पोजिटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा रहेका एक सय ११ जनाको स्वाब सङ्कलन गरिएको हो।

भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रिपोर्ट आउन ढिला गरेपछि घर गएकामध्ये १७ जनामा कोरोना पोजिटिभ देखिएको थियो । सङ्क्रमितको घरपरिवारसँगै अन्य सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको घोराही उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ ।

सङ्क्रमितहरु नारायणपुरको आइसोलेसनमा भर्ना भएका छन भने स्वाब सङ्कलन गरिएकाहरु घरमै सुरक्षित ढङ्गले बसेका छन् ।