काठमाडौं,
५ असार । सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ।
गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत नगर्न भनेको छ।
तोकिएको सेवा प्रदायक संस्थाहरू व्यवसायिक आदिले आ-आफ्ना निकायबाट सेवा प्रवाह गर्दा सेवा प्रदायक र सेवाग्राहीबीचको २ मिटरको सामाजिक दूरी कायम गर्ने/गराउने र सम्भव भएसम्म सामानहरूको स्यानिटाइज गर्ने भनिएको छ।
यसैबिच विवाह, ब्रतवन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न नपाइने प्रावधान राखिएको छ।
यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने समेत भनिएको छ।