२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नागरिकता, पासपोर्ट र नोट परिवर्तन गर्नुपर्ने

काठमाडौं, 
५ असार । आजदेखि नेपालको निशान छाप परिवर्तन भएको छ । लिम्पियाधुरा समेटिएको नक्सा राख्न संविधान संशोधन भएपछि नयाँ निशान छाप प्रयोगमा आएको हो।

नयाँ निशान छाप प्रयोगमा आएपछि सरकारका केही काम बढेका छन्। नागरिकताको निशान छाप परिवर्तन गर्नुपर्ने भएको छ।

गृह मन्त्रालयले लेटरप्याड, नागरिकता छपाई सुरु गरेको जनाएको छ। त्यस्तै पासपोर्टमा पनि अब नयाँ निशान छाप्नुपर्नेछ। सांसदहरुको लोगो परिवर्तन गर्नुपर्ने भएको छ।

संसद सचिवालयले लोगो परिवर्तन गर्न ८ लाख लाग्ने जनाएको छ। सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने भएको छ।

सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने भएको छ। नेपालको राष्ट्रिय परिचयपत्रको लोगो पनि परिवर्तन गर्नुपर्नेछ ।