२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बंगलाचुली गाउँपालिकाद्धारा टिप्पर संचालनमा रोक

बंगलाचुली, 
५ असार । बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ ।

कोरोना भाईरसले संसारलाई अस्तब्यस्त पारिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका पनि त्यसको मारमा परिरहेको र टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको हो ।

लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै सम्पर्क सहमति बिनै शुक्रबार संयौ टिप्परहरु गाउँपालिका पठाएको थियो । त्यस लगतै आफुहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानियले टिप्परहरु संचालन गर्न नहुँने भन्दै सडकमा आएर टिप्परहरु रोकेका थिए । बंगलाचुली गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानिय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै संचालनमा रोक लगाउने भएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिकासंग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको हुँदा यस प्रकारको कदमको घोरभत्सना गरेका छन् ।

बंगलाचुली गाउँपालिकासंग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा पठाईएको छ । उनिहरुलाई १४ दिनसम्म बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा बसालिने बताईएको छ ।

विज्ञप्ती :