२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

चार चिकित्सकमा कोरोना पुष्टि भएपछि प्रतिष्ठान सिल

दाङ, 
५ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुई दिनका लागि सिल गरिएको छ। प्रतिष्ठानका निर्देशकसहित चार जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि प्रतिष्ठानको अस्पताल सिल गरिएको हो।

केही दिन प्रतिष्ठानले २१ जना आफना कर्मचारीलाई होम क्वारेन्टाइनमा बसालेको थियो। कोरोना सङ्क्रमित बिरामीको उपचारपछि घरमै क्वारेन्टानमा बसेका अस्पतालका निर्देशक, एक जना डाक्टर, नर्सिङ इञ्चार्ज र इमर्जेन्सी वार्डमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना पोजिटिभ देखिएको छ।

अस्पतालका निर्देशकसहितका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको  र त्यसका लागि अस्पताल सिल गर्नुपर्ने अवस्था आएको अस्पताल स्रोतले जनाएको छ। चार जना स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द भएको प्रतिष्ठानले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा संगिता भण्डारीले क्यारेन्टाइनमा राखिएका २१ जनामा चार जनाको रिपोर्ट पोजिटिभ आएको हुँदा अहिले प्रतिष्ठानलाई सिल गर्नु परेको बताइन।

प्रतिष्ठान सिल गरिएको भए पनि कोरोना परिक्षणको काम भने निरन्तर हुने बताइन्।