२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेकपाको पार्टी कार्यालयमा विद्यालय सञ्चालन

तुलसीपुर, 
६ असार । तुलसीपुरको एक विद्यालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा प्रयोग गरेर विद्यार्थी भर्ना गर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगपालिका–६ मा रहेको माध्यमिक विद्यालय सेन्टरले तुलसीपुरमा रहेको नेकपाको पार्टी कार्यालयमा स्कूल चलाएको हो।

पार्टी कार्यालयमा स्कुल स्थापना गरेर, विद्यार्थी भर्नादेखि, पाठ्यपुस्तक वितरणसम्म गर्न थालिएको छ। शैक्षिक थलोलाई पार्टीको झण्डा मुनी विद्यार्थी भर्ना गर्ने काम भएको भन्दै केहि अभिभावकहरुले भने त्यसको विरोध गरेका छन्। ‘शैक्षिक क्षेत्रलाई राजनीतिक थलो बनाउने उदेश्य लिएको जस्तो लाग्यो’, एक अभिभावकले भने–‘विद्यालय प्रशासनले राम्रो काम गरेन।’ उनले तत्काल पार्टीको झण्डा मुनीको शैक्षिक क्रियाकलापलाई अर्को स्थानमा सार्नुपर्ने बताए।

विद्यालयका क्यारेन्टाइन भएकाले विद्यालय बाहिर विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गर्न थालिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएकाले अन्य विकल्प नदेखेपछि त्यहाँ गएर विद्यालयको काम गरिएको बताए। उनले विद्यालयमा एक हजार ५ सय विद्यार्थी रहेको र खुला स्थानको पनि आवश्यक हुने हुँदा, सुरक्षाको लागि त्यो ठाउँ रोजिएको बताए। आफ्नो राजनीतिक कुनै नियत नभएको र सजिलोको लागि काम गरेको दावी पौडेलले गरे।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले पार्टी कार्यालयमा विद्यालय स्थापना गर्ने कार्य गलत भएको बताए। उनले भने –‘तर पार्टीको भण्डा मुनी विद्यालयका गतिविधि सञ्चालन गर्ने भन्न हुँदैन।’ उनले विद्यालयलाई राजनीतिक झण्डा बोकाउनु हुँदैन। ‘मैले कुनै पनि पार्टी कार्यालयमा गएर विद्यालयको काम नगर्नुहोस, अन्यत्र सार्नुहोस भनिसकेको छु’ उनले भने –‘यो विषयमा मलाई पनि अलि ढिला जानकारी भयो। सत्ता पक्ष होस वा विपक्ष जो कोहीको पनि पार्टी कार्यालयमा स्कुल जानु हुँदैन। यो विषयमा महाशाखासँग समन्वय पनि भएको छैन्। अनुमति पनि छैन’ उनले भने।

केही दिनदेखि विद्यालयले कक्षागत रुपमा भर्ना थालेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।