२०७७ असोज ८ गते बिहिवार
२०७७ असोज ८ गते बिहिवार

टर्च र छाता दिएर जेष्ठ नागरिकलाई सम्मान

दंगिशरण, 
६ असार । दंगिशरण गाउँपालिका वडा नं ५ ले वडाका २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा सदस्य
खिम बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष दिपक गौतमले जेष्ठ नागरिकको रुचि अनुसार टर्च, छाता दिएर दोसल्ला ओढाई सम्मान गरेका थिए ।

उक्त कार्यक्रमको सहजिकरण वडा सचिव प्रेमप्रकाश चौधरीले गरेका थिए । साथै उनले यस आ.व. २०७६/७७ को वडाको अन्तिम कार्यक्रम रहेको समेत जानकारी दिएका थिए ।

वडा अध्यक्ष गौतमले यस आ.व. २०७६/७७ मा वडाले बालबालिकाको लागि गाउँपालिका स्तरीय प्रावि हाजिरजवाफ र वडा स्तरीय नृत्य प्रतियोगिता कार्यक्रम महिलाहरुको लागि सासु–बुहारी सम्मान कार्यक्रम, जेष्ठ नागरिकहरूको लागि जेष्ठना गरिक सम्मान कार्यक्रम, युवाहरूको लागि खेलकुद कार्यक्रम, दलित, कृषक साथै अन्य वर्गहरु समेतलाई समेटेर विभिन्न कार्यक्रमहरु तथा भौतिक पूर्वाधार विकास कार्यक्रम सम्पन्न गरेको बताएका थिए ।

साथै उनले आउँदो आ.व.हरुको बजेटमा भौतिक पूर्वाधारहरुको विकास गर्दै सबै समुह लक्षित कार्यक्रमहरुलाई समेटेर आफ्नो वडालाई दंगिशरणको नमुना वडा बनाउन आफु लागिपरेको र अझै लागिपर्ने समेत बताएका थिए।

जेष्ठ नागरिहरुले आफुलाई वडाले सम्मान गरेकोमा हर्षित भएका थिए, भने यस्ता कार्यक्रमहरु राखिरहनु पर्ने उनिहरुको भनाई थियो ।