२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

लगातारको वर्षाले बुटवल–गोरूसिंगे सडक अवरुद्ध

बुटवल, 
६ असार । तीन दिनदेखि परेको लगातारको वर्षाले बुटवल–गोरूसिंगे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट कपिलवस्तु जाने सवारी साधन रोकिएका छन् ।

यसैबिच बुटवल–सन्धिखर्क सडकखण्ड पनि अबरुद्ध भएको छ । शितगंगा नगरपालिकाको सीतापुर आसपासमा सडक अवरूद्व भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काम चले पनि तत्कालका लागि यात्रा नगर्न पौडेलले आग्रह गरे ।

लगातारको वर्षाले अर्घाखाँचीको जनजीवन कष्टकर बनेको छ ।