२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

लगातारको वर्षाले देउखुरी जलमग्न, चेतावनीको घण्टी बज्यो

दाङ, 
६ असार । दाङको देउखुरी जलमग्न भएको छ । धान खेतमा पानी थुनिएको छ । पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ ।

साइरन बजाएर नदी तटीय र जोखिममा रहेका बासिन्दालाई सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताए ।

जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन् ।