दाङ,
६ असार । विभिन्न परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड विदेशी लगानी स्वीकृत भएको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो।
पाँच जलविद्युत र २ सिमेन्ट परियोजनामा यो लगानी स्वीकृत भएको बोर्डले जानकारी दिएको छ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै दाङका दुई सिमेन्ट उद्योगका लागि पनि विदेशी लगानी स्वीकृत गरेको छ। दाङ सिमेन्ट इन्डष्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डष्ट्रिजका लागि १५ अर्ब ५ करोड लगानी स्वीकृत गरेको छ।