२०७९ चैत्र ९ गते बिहिवार
२०७९ चैत्र ९ गते बिहिवार

रिपोर्ट आउन ढिला हुँदा क्वारेन्टाईनमा बसेकाहरु आन्दोलित

तुलसीपुर,  
६ असार । महिना दिनसम्म पीसीआर रिर्पोट नआएपछि तुलसीपुरको अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा बसेकाहरु आन्दोलित भएका छन् ।

क्वारेन्टाईनमा बसेकाहरुले होहल्ला गर्दै बाहिर निस्कने प्रयास गरेपछि रोक्नका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा दुई गाडी प्रहरी पठाईएको थियो ।

भोली भोली भन्दै एक महिना पुग्दासम्म पनि पिसीआर रिपोर्ट नआएपछि आफुहरु बस्न नसक्ने भन्दै तोडफोड गरेर बाहिर निस्कने प्रयास गरेपछि थप प्रहरी बल पठाइएको थियो ।

यसैबिच क्वारेन्टाईनमा बसेका, प्रहरी, स्वास्थ्यकर्मी र वडाध्यक्ष बिच ३ दिनभित्र पिसीआर रिपोर्ट नआएपनि छोड्ने सहमतिमा उनिहरुलाई रोकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले जानकारी दिए ।

‘महिना दिन भयो रिर्पोट आएको छैन । मान्छेहरु आत्तिरहेका छन् । कहिले मेसिन छैन । कहिले किट छैन भनेर कति दिन रोक्न सकिन्छ,’ प्रनाउ सिहले भने – ‘हाम्रो अरु पनि काम छ । मान्छेलाई सधैभरी राख्न पनि त गाह्रो हुन्छ नि ।’ रिपोर्ट नआएमा पनि होम क्वारेन्टाइनमा बस्नेगरी छाड्ने सहमति भएको प्रनाउ सिहले बताए ।

अश्वारा क्वारेन्टाईनबाट २५ गते ५७ जना र ३ गते १० जनाको कोरोना परीक्षण स्वाब संकलन गरिएको थियो ।