२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै पीसीआर परीक्षण

२४ घण्टामा ७ हजार ४१६ पीसीआर परीक्षण

काठमाडौं,
६ असार । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

अहिलेसम्मकै धेरै परीक्षण :
मन्त्रालयकाअनुसार देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेकको छ । र, पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।

अहिलेसम्म जम्मा १ लाख ६९ हजार १६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३०० आरडीटी भएको छ । साथै हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना छन् ।