२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरका डिल्ली बहादुरको साउदीमा मृत्यु

तुलसीपुर, 
६ असार । दाङका एक ब्यक्तिको साउदी अरेबियामा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –६, मोतिपुर निवासी डिल्ली बहादुर बुढाथोकीको शुक्रबार विहान ८ बजेतिर मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–६ का वडा सदस्य दुजमान भण्डारीका अनुसार उनको कोठामा सुतिरहेको अबस्थामा मृत्यु भएको हो । मृतक बुढाथोकी साउदि अरेवियाको अजमेल कम्पनीमा काम गर्दै आएका थिए । उनी दमको रोगी समेत रहेको बुझिएको छ ।

त्यस्तै मृतकको शवलाई नेपाल ल्याउनको लागि दुतावाससंग कुराकानी भैरहेको वडा सदस्य भण्डारी बताए ।