२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

सुत्केरी लगेर फर्किंदै गरेको जिप खोलामा पुरिंदा एकको मृत्यु

गुल्मी, 
६ असार । अर्घाखाँचीको सन्धिखर्कबाट गुल्मीको हाडहाडेमा सुत्केरी लिएर गएको जिप शनिबार फर्किंदै गर्दा खोलामा पुरिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुत्केरी पुर्‍याएर फर्किएको ग१ज ३९९७ नम्बरको जिप धुर्कोट गाउँपालिका–३, हाडहाडेको खुर्पाखोलामा दुर्घटनामा परेको हो । घटनामा स्थानीय १९ वर्षीय तुलसीराम काउछाको मृत्यु भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । उनका अनुसार ६ जना यात्रु लिएर फर्किरहेको जिपका चालक प्रदीप पुन र अर्का एक यात्रु घाइते छन् । अन्यको अवस्था सामान्य छ ।

सुत्केरी छोडेर अर्घाखाँचीतर्फ फर्किने क्रममा जिप खोलामा पुरिएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि सन्धिखर्क पठाइएको छ ।