२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

रुकुम पश्चिममा पहिलो पटक एक जनामा कोरोना पुष्टि

रुकुम, 
७ असार । रुकुम(पश्चिम)मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण देखिएको हो।

मुसीकोटबाट गत जेठ २४ गते २४४ जनाको स्वाब पठाइएकामा २० जनाको रिपोर्ट आएको र तिनमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम(पश्चिम)का कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

उनी भारतको महाराष्ट्र राज्यबाट आएका हुन्।