२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

भारतमा एकैदिन १५ हजार ४१३ कोरोना संक्रमित थपिए

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख १० हजार ४६१ पुग्यो

काठमाडौं,
७ असार । भारतमा एकैदिन कोरोना भाइरस का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख १० हजार ४६१ पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३०६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा दुई लाख २७ हजार ७५६ डिस्चार्ज वा निको भइसकेका छन् ।