२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

सवारी दुर्घटनामा परी एक प्रहरी जवान गम्भीर घाइते

तुलसीपुर,  
७ असार । ट्याक्टरको ठक्करबाट दाङमा एक प्रहरी जवान गम्भीर घाईते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगढीमा सवारी दुर्घटना हुँदा एक प्रहरी जवान गम्भीर घाईते भएका हुन ।

आईतबार विहान पौने १२ बजेतिर तुलसीपुरबाट दंगीशरण गाउँपालिका वडा नं. १ बाँकी भन्ने ठाउँमा आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाईकल र श्रीगाउँबाट वालापुर जाँदै गरेको रा १ त ७५७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत प्रहरी जवान २७ बर्षीय जितेन्द्र चौधरी गम्भीर घाईते भएका छन् ।

अस्थायी प्रहरी पोष्ट वालापुरका प्रहरी सहायक निरीक्षक भरतनाथ योगीका अनुसार गम्भीर घाईते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । उनको घाइतेको टाउको र छातीमा चोट लागेको छ ।

मोटरसाईकलमा सवार २२ बर्षीय सर्मिला चौधरीको अबस्था भने सामान्य रहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा समेत लिएको बताईएको छ ।