२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

अपडेट : दुर्घटनामा घाइते प्रहरी जवानको मृत्यु

तुलसीपुर,
७ असार । ट्याक्टरले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१४ निबासी २७ बर्षका जीतेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट दंगीशरण गाउँपालिका– १ रामपुर तर्फ गईरहेको लु ५८ प १८४३ नम्बरको मोटरसाईकलाई विपरित दिसाबाट आइरहेको रा१त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर उपमहानगरपालिका–२ कुमालगैरीमा ठक्कर दिदा गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

मृतक चौधरी दंगीशरण गाउँपालिका–१ रामपुर स्थित ससुरालीमा जाँदै थिए ।  ठक्कर ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।