२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

रुकुम घटना : जिल्ला अदालत अगाडि प्रदर्शन

रुकुम, 
७ असार । रुकुम पश्चिम जिल्ला अदालत अगाडि आइतबार पनि प्रदर्शन भएको छ। भित्र थुनछेक बहस चलिरहँदा दलित अधिकारकर्मीले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।

जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको सुनियोजित हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कारवाहीको माग गरी प्रदर्शन गर्दै आएका छन्।

आइतबार जिल्ला अदालतमा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ। ६ जनाको ज्यान गएको रुकुम चौरजहारीको सोती काण्डमा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ।

तिमध्ये नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअघि नै अदालते सुधार गृहमा राख्ने आदेश दिइसकेको खबर सेतोपाटीमा प्रकाशित छ ।