२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

कृषि समुह गठन गरी सहकार्यमा काम गरिने

देउखुरी, 
७ असार । दाङको राप्ती गाउँपालिका र नर्ति वन तथा बातावरण समन्वय समिति विचकृषि समुह गठन तथा कृषि क्षेत्रमा काम गर्न सहकार्य गरिने भएको छ ।

राप्ती गाउँपालिकामा नर्ति वन तथा बातावरण समन्वय समिति तथा किसान २ को कृषि साझेदारी कार्यक्रमविच छलफल गरिएको हो ।

सामाजिक दुरी कायम गरि बसेको बैठकमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतातथा जनप्रतिनिधि सहित नर्ति वन तथा बातावरण समन्वय समितिका जोखूराम चौधरी, राप्ती बन महासंघका हरि भुसाल, तुलाराम चौधरी लगायतको सहभागीता रहेको थियो ।

बैठकले सहकार्यमा कृषि समुह गठन तथा कृषि क्षेत्रमा आगामी आर्थिक वर्षमा काम गर्ने सहकार्य गर्ने निर्णय गरेको छ ।