२०७७ कार्तिक ७ गते शुक्रवार
२०७७ कार्तिक ७ गते शुक्रवार

पौडी खेल्न गएका १२ बर्षिय बालकको डुबेर मृत्यु

बर्दिया, 
७ असार । पानीमा डुवेर बर्दियामा एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्वर १० धधवार बस्ने उदित घिमिरेको छोरा १२ बर्षिय बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

बाख्रा चराउन गएको समयमा स्थानिय खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेपछि तत्कालै स्थानियहरुले देखेर उद्दार गरी उपचारको लागी बर्दिया अस्पतालमा लगेपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।