२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

घोराहीमा पहिरोले घर भत्किदा २ जना घाइते

घोराही,
७ असार । घोराही उपमहानगरपालिका १९ चियनगैरामा रहेको एक घर भत्कीदा आमा छोरी घाइते भएका छन् । बर्षाका कारण घर भत्कीदा आमाछोरी घाइते भएका हुन् ।

घर माथिबाट आएको पहिरोले घरमा क्षेति पुग्नुका साथै ६३ बर्षीय सुन्तली बिक र उहाँकी १७ बर्षीय छोरी मनकुमारी बिक घाईते हुनुभएको हो ।

घाईते दुबै जनाको घोराहीमा रहेकोे बुद्ध हस्पीटलमा उपचार भइरहेको स्थानीय अर्जुन बिश्वकर्माले जानकारी दिए ।