२०७७ माघ ३ गते शनिवार
काठमाडौं,
८ असार । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या १० लाख ८३ हजारभन्दा बढी छ ।
विशेषज्ञहरुले भने परीक्षण कम भएकाले ब्राजिलमा अझै धेरै संक्रमित हुन सक्ने बताएका छन् ।