२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

काठमाडौं, 
८ असार । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी साउन २५ र २६ गते हुने भएको छ । पदाधिकारी बैठकले आइतबार उक्त निर्णय गरेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

चैत २८ र २९ मा महासंघको साधारणसभा गर्ने निर्धारित मिति थियो । कोभिड–१९ संक्रमण कम गर्न सरकारले चैत ११ देखि नै लकडाउन गरेपछि महासंघको साधारणसभा स्थगन भएको थियो ।

यो साधारणसभाले महासंघका विभिन्न पदमा निर्वाचन गर्नेछ । हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदै छन् ।

वरिष्ठ उपाध्यक्षसहित अन्य विभिन्न पदमा भने निर्वाचन हुनेछ । साधारणसभाको मिति तय गर्ने गृहकार्यसँगै निजी क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ ।