२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकद्वारा आत्महत्या

बझाङ, 
८ असार । छबिसपाथिभेरा गाउँपालिका ७ मजखोरी मावि क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । उनी सोही वडाको बुडखोरीका ३० वर्षीय युवक हुन् । उनी ३ दिनअघि मात्रै भारतको बेंग्लोरबाट फर्किएका थिए ।

बेंग्लोरबाट फर्किएपछि क्वारेन्टाइनमा बसेका उनले आइतबार राति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए ।

‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ जाँदैछ । आत्महत्या गरेका युवकको आरडीटी परीक्षणसमेत गर्न बाँकी थियो ।