२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

जंगली च्याउ खाँदा तुलसीपुरमा ५ जना बिरामी, एक गम्भिर

दाङ, 
८ असार। दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।

आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए ।

बिरामी परेकामध्ये मैतीको अवस्था गम्भिर छ ।