२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

जंगलमा लगेर गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ

तानसेन,
७ जेठ । पाल्पाको रामपुर नगरपालिका १० वरभञ्ज्याङ्गमा गोरु काटेर खाएको आरोपमा ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे वीरबहादुर सुनारको गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षीय प्रेम सुनार, १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरिले बताए ।

गोरु काटेको सूचना आइतबार मात्र थाहा पाएसँगै इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घटनास्थल पुगेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।