२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

खोलाले बगाउँदा एक महिलाको मृत्यु

तानसेन, 
८ असार । पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । हुगीको र्झिदी खोलाले बगाउँदा वडा नं १ हुगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारुलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । सारुलाई बगाइ केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए ।

उनीसँग गएकी अर्की महिला भने सकुशल रहेकी छन् ।