२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बेलझुण्डी अस्पतालबाट थप ६ जना संक्रमित डिस्चार्ज

दाङ,
८ असार । दाङका थप पाँच जना कोरोना संक्रमित निको भएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जना सहित ६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

गएको जेठ २५ र २६ गते अस्पताल भर्ना भएका बंगलाचुली गाउँपालिकाका ३ , लमही नगरपालिकाका २ र प्युठानका १ जना गरी ६ जना संक्रमित निको भएर सोमवार घर फर्किएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

उनीहरु सवै पुरुष रहेका छन् ।

अस्पतालमा रहेका ५३ जना विरामी मध्ये ६ जना निको भएर घर गएपछि हाल ४७ जना विरामी रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् ।

-फाइल फोटो