२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

कोरोना बिरुद्ध शारीरिक क्षमता बृद्धि गर्न औषधी वितरण

दाङ, 
८ असार । दाङ चेम्वर अफ कमर्सले मारवाडी सेवा समिति काठमाडौंको सहयोगमा कोरोना भाइरस बिरुद्ध शारीरिक क्षमता बृद्धि गर्नका लागी होमोप्याथीक औषधी बितरण गरेको छ।

महिला र पुरुष लाई दुई लाईनमा बिभाजन गरी सामाजिक दुरी कायम गर्दै औषधी बितरण गरीएको हो ।

बिश्वब्यापी महामारी एवं संकटको रूपमा देखिएको नोबेल कोरोना भाइरसका कारण आमनागरिकको जनजिवन प्रभावित बनिरहेका बेला उक्त समितीको सहयोगमा मानब स्वास्थ्यलाई फाइदाजनक औषधी बितरण गरिएको छ ।

बिगतमा पनि चेम्बरले होमोप्याथिक औषधी बितरण गरेको थियो । पुनः नागरिकहरुको माग अनुसार औषधी बितरण गरीएको दाङ चेम्बरका कोषाध्यक्ष बिकास अग्रवालले जानकारी दिए।

दाङ चेम्बरका अध्यक्ष श्रीधर महराले संकटको समयमा नागरिकलाई केहि राहत होस भन्ने उदेश्यका साथ होमोप्याथिक औषधी बितरण गरीएको बताए ।