२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

घोराहीका एक वडा अध्यक्षसहित १३ जनामा कोरोना पुष्टि

दाङ, 
७ असार । दाङको घोराहीमा आज एक जना जनप्रतिनिधिसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ २४ गते स्वाब संकलन गरिएको र १६ दिनपछि रिपोर्ट आउदा अध्यक्षलाई कोरोनाको संक्रमण देखिएको हो ।

यसैगरी वडा नम्बर २ का अन्य २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ६ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या घोराहीमामात्रै १ सय ४७ पुगेको छ । संक्रमित मध्य ४४ जना कोरोना मुक्त भएर घर फर्किएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।