२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा १२ बजेपछि पसल खोले कडा कारबाही गरिने

तुलसीपुर,  
८ असार । तुलसीपुर उपमहागनरपालिकामा क्षेत्रमा १२ बजेपछिको बजार बन्दलाई थप कडाई गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर चेम्बर, ईलाका प्रशान र ईलाका प्रहरी कार्यालयका प्रतिनिधि बिच भएको संयुक्त बैठकले १२ बजेपछि पनि बजार खुलेको भन्दै कडाई गर्ने निर्णय गरेको हो ।

भोलीदेखि तुलसीपुर क्षेत्रमा १२ बजेपछि पनि खुलेका पसललाई लकडाउन उलंघनको मुद्दा लगाएर कारबाही प्रकृया अघि बढाईने बैठकमा सहभागी ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।

कोरोना संक्रमण पैलिन नदिन भन्दै तुलसीपुर क्षेत्रका बजारहरु १२ बजेसम्म मात्र खुल्ने दिने केहि समय अघि निर्णय भएको थियो । निर्णय कार्यन्वयन नभएपछि पुनः बैठक बसेर कडाई गर्ने निर्णय गरेको हो ।