बबई,
७ असार । पश्चिम दाङको हंसपुर क्वारेन्टाईनमा बसेकाहरुले पीसीआर रिर्पोट आउन ढिला भएको भन्दै आन्दोलन गरेका छन् ।
भोली भोली भन्दै १५ दिन पुग्दासम्म पनि पिसीआर रिपोर्ट नआएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन । १५ दिन अघि कोरोना भाइरसको स्वाव संकलन गरेर पठाएको पीसीआर रिर्पोट हालसम्म नआएको भन्दै चाँडो पीसीआर रिर्पोट उपलब्ध गराउन उनिहरूको माग रहेको छ।
क्वारेन्टाईनमा बसेकाहरुले होहल्ला गर्दै गेट बाहिरसम्म निस्कने प्रयास गरेपछि रोक्नका लागि ईलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको नेतृत्वमा गएको प्रहरी टोलीले उनिहरूलाई रोकेको थियो ।
१५ दिनसम्म पीसीआर रिर्पोट नआएकाले रिपोर्टको माग गर्दै आन्दोलन गरेका क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट भोलि आउने बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्काले बताए ।
जिल्लामा पीसीआर रिर्पोट आउने समयकोबारेमा बुझ्दार रिपोर्ट भोलि आउने जानकारी पाएको खड्काले बताए ।
भारतबाट आएका १९६ जना गत २६ दिनदेखि बस्दै हंसपुर क्वारेन्टाईनमा बस्दै आएका छन् ।