२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

शान्तिनगरका ४० कृषकलाई कृषि सामाग्री वितरण

शान्तिनगर, 
८ असार । शान्तिनगर गाउँपलिकाले गाउँपालिका भित्रका ४० जना कृषकलाई कृषिमा आवश्यक कृषि सामाग्री वितरण गरेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामाग्री वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष कमानसिंङ डाँगी र उपाध्यक्ष मिथिला शाहले ४० जना कृषकलाई प्लाष्टिक टनेल, ६ लाइन पाइप, १ वटा ड्रम, टमाटरको विउ वितरण गरेका थिए ।

शान्तिनगरका १ देखि ७ नं. वडा सम्मका वडाले सिफारिस गरेका कृषकलाई कृषि सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख यमकान्त पाण्डे जानकारी दिए ।