२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

एकैदिन ४ सय ७० जनाले जिते कोरोनालाई

काठमाडौं, 
८ असार । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढेजस्तै निको हुने संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट चार सय ७० जना मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनअनुसार पछिल्लो २४ घण्टामा ४७० जना डिस्चार्ज हुनेमा तीन सय ३८ जना पुरुष र ३२ महिला रहेका छन् । योसँगै हालसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या २१४२ पुगेको छ ।जसमध्ये १९६१ पुरुष र १६१ महिला रहेका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका ५३५ मध्ये ४६१ पुरुष र ७४ जना महिला रहेका छन् ।

-फाइल फोटो