२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

खोलाले बगाएका बालकको शव सडेको अवस्थामा फेला

सन्धिखर्क, 
८ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिका ४ पटौटीमा खोलामा बगाएर बेपत्ता बालक मृत भेटिएका छन् ।

स्थानीय सन्तबहादुर नेपालीका १३ बर्षिय छोरा पुजन नेपालीको शव दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले बताए ।

शव नेपालीको आफन्तले पहिचान गरेका छन् । सडेको अवस्थामा भेटिएको उनको शवलाई पहिरोले बाटो अवरुद्ध हुँदा सन्धिखर्क पोस्टमार्टमका लागि ल्याउन सम्भव नभएपछि स्थानीयले त्रीवेणीमा दाहासंस्कार गर्ने भएका छन् ।

असार ६ गते सुस्त मनस्थिती आचरणकी माईली आमासँग घर नजिकैको बारीमा जांदै गर्दा खहरे जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।