२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

श्रम बैंक स्थापना र स्वास्थ्य तथा कृषिमा केन्द्रित शान्तिनगरको नीति तथा कार्यक्रम

शान्तिनगर, 
८ असार । शान्तिनगर गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक भएको छ ।

गाउँपालिकाको आठौ गाउँसभा मार्फत गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले सोमबार नीति तथा कार्यक्रम सार्बजनिक गरेका हुन। गाउँपालिकाको निती तथा कार्यक्रममा स्वास्थ्य, कृषि, युवा स्वरोजगार, शिक्षालाई प्राथमिकतामा राखिएको छ ।

गाउँसभाले कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रण, कोरोना भाईरस प्रभावबाट घर फर्किएका तथा स्वदेशमा रहेमा युवाहरूको लागि श्रम बैङको स्थापना गरी रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ ।

नीति तथा कार्यक्रममा आधुनिक कृषि कार्यक्रम, कृषि अनुदान, भकारो सुधार कार्यक्रम, आधुनिक पशुपालन, शैक्षिक सुधार, विद्यालयमा वास सहितको शौचालय निर्माण लगायतका समेटिएको छ ।

यस्तै विकासका कामलाई निरन्तरता दिने, वडा नं ५ र ३ को वडा कार्यालय भवन निर्माणलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।