२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

क्वारेन्टिनबाट घर फर्किएका ५८ जनामा कोरोना पुष्टि

कैलाली, 
९ असार । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले भने ‘घर गएको ४/५ दिनपछि (सोमबार) बल्ल संक्रमित भएको रिर्पोट आयो ।’

नगरपालिककाको क्वारेन्टिनमा २४२ जना थिए । उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट गर्दा ९३ जनाको पोजेटिभ देखियो । उनलाई दुई वटा क्वारेन्टिनमा राखेर जेठ २८ गते स्वाब संकलन गरियो ।

तर रिर्पोट आउन ढिलाइ भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिए । ‘त्यसपछि सुरक्षित रुपमा घर बस्नुस् भनेर पठाएका हौं’ उनले भने, ‘यसरी पठाएका मध्ये ५८ जनामा संक्रमण पुष्टि भएको खबर छ ।’