२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सुनको भाउ तोलाको ९१ हजार पुग्यो

भाउ अझै बढ्ने सक्ने

काठमाण्डाै,
९ असार । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर नेपाली बजारमा पनि परेको र भाउ अझै बढ्ने सक्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२ दशमलव ८० अमेरिकी डलर पुगेको छ । महासंघकाअनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ ।

कोरोना भाइरस र लकडाउनको कारण आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।