बुटवल,
९ असार । कपिलवस्तुमा घरको छतबाट हामफाल्दा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका–२ स्थित जाहिद खानको घरमा काम गर्ने शिवराज नगरपालिका–६ का दिपु लोहरले सोमबार साँझ ३ तले घरको छतबाट हामफाल्दा मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदावरले बताए ।
स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको र उपचारको क्रममा प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता बैदावरले बताए ।
उनले छतबाट हामफाल्नुको कारण भने नखुलेको बताए । घटनाका बारेमा थप अनुसान्धन कपिलवस्तु प्रहरीले गरिएको समेत उनले बताए ।