नवलपरासी,
९ असार । खोलामा टिपर धुँदै गर्दा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोलामा टिपर धुँदै गर्दा लागेको करेन्टले स्याङ्जा सेखामका ३५ वर्षीय चालक भरत थापा र नवलपरासी धुर्कोटका १७ वर्षीय आषिश विकको मंगलबार बिहान मृत्यु भएको हो ।
खोरेण्डे खोलामा टिपर धुँदै गर्दा पानीमा लत्रिएको बिजुलीको तारमा प्रवाह भएको करेन्ट लागेर दुवैको मृत्यु भएको प्रहरीले बताएको छ ।