२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

प्युठानको क्वारेन्टिनमै जन्माइन् १८ वर्षीया किशाेरीले शिशु

प्युठान, 
९ असार । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउकी हुन् ।

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकी थिइन् ।