२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दंगीशरणका ६३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

दिप्तीशिखा चौधरी,
दंगीशरण ९ असार । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ६३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ६३ जनाको रीपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारी दिए ।

विरेन्द्र माविको क्वारेन्टाईनमा रहेका ३२ र सिद्ध पृथ्वी जनता मावि।श्रीगाउँको क्वारेन्टाईनमा रहेका ३१ जनाको गरी ६३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अहिले विरेन्द्र माविको क्वारेन्टाईनमा ३५ जना र सिद्ध पृथ्वी जनता मा।वि।को क्वारेन्टाईनमा ४३ जना गरी जम्मा ७८ जना क्वारेन्टाईनमा रहेको दंगीशरण कोभिड पोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए ।

अहिलेसम्म दंगीशरणको दुई क्वारेन्टाईनमा भर्ना भएका १ सय ९० जनालाई घरमा पठाईसकिएको छ, भने क्वारेन्टाईनमा भर्ना हुनेको संख्या २ सय ६८ पुगेको छ ।