शान्तिनगर,
९ असार । उमेरले भर्खर १२ वर्ष, कलिलो उमेर साथीसंगीसंग रमाउदै खेल्दै गर्ने उमेरमा शान्तिनगर ५ काँसिपुरकी झरना बुढाथोकी आँखा पिडित भएकी छिन् ।
स्वर्गिय बुवा नन्दलाल बुढाथोकी तथा सावित्रा बुढाथोकीकी छोरी झरनाको आँखामा फलामको टुक्रा अड्किदा उनी पिडित बनेकी छिन् । यहीं असार ४ गतेका दिन घरमा शौचालय निर्माणका लागि छड काट्न लागेका वेलामा नजिकै बसेकी झरनाको आँखामा एक्कासी छडको टुक्रा आँखामा आयो र ननिस्किएर आँखामै अड्कियो ।
केहि दिन अघि आँखा जाँच गराउन राप्ति आँखा अस्पताल रक्षाचौरमा जाँदा आँखामा फलाम अड्किएको र सिटि स्क्यान तथा अप्रेसन गर्न यहाँ सम्भव नभएको भनि अन्यत्र काठमाण्डौ तथा भैरवाका आँखा अस्पतालमा लैजान सल्लाह दिएको उनका दाजु विक्रम बुढाथोकीले वताए । आर्थिक अवस्था कमजोर भएका बुढाथोकी परिवार अहिले समस्यामा परेको छ ।
बहिनीको आँखा उपचार गराउन कहाँ लैजाने , कति आर्थिक लाग्ने र कसरी आर्थिक स्रोत जुटाउने, भन्ने समस्यामा रहेको बुढाथोकीले बताए । दाजु बुढाथोकीले बहिनीको उपचारमा सहयोग गरिदिन सवैमा आग्रह गरेका छन् । सरोकारवाला निकाय, राजनितिनिक दल, समाजेवी, बुद्धिजिवि सवैमा आर्थिक सहयोग गरिदिन उनले आग्रह गरे ।
घरमा आर्थिक स्थिती कमजोर भएकाले बहिनी झरनाको आँखा बचाई सुन्दर भविष्य देखाई दिन दाजु बुढाथोकीको अपिल रहेको छ । आर्थिक सहयोग गर्न चाहनेले बुढाथोकीको नम्बर ९८०९७२६०९४ मा सम्पर्क गर्न पनि उनले अपील गरेका छन् ।