२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

अगैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

बाँके, 
९ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगैया नजिक कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

राप्तीसोनारी गाँउपालिका १ अगैया गाभरमा मंगलबार दिउँसो पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१४च२७८९ नम्बरको कार अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्कीएको थियो ।

दुर्घटना लगत्तै कारमा सवार दुई जनालाई उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । अस्पताल पुर्याए लगत्तै कार चालक भरतपुर महानगरपालिका १२ चितवनका ४१ वर्षिय कमलराज लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुभाष खड्काले जानकारी दिएका छन ।

दुर्घटनामा घाईते भएका पुर्वि नवलपरासी कावासोती ८ का क्षितीजराज कुँवरलाई कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारकालागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । भेरी अस्पतलमै उपचारका क्रममा कुँवरको समेत ज्यान गएको खड्काले पुष्टि गरेका छन ।

दुर्घटनामा कार पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।