२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

हंसपुर क्वारेन्टाईनमा रहेका १५५ को पीसीआर रिपोर्ट नेगेटिभ

बबई,
९ असार । बबई गाउँपालिकाको हंसपरमा रहेको क्वारेन्टाईनमा रहेका १५५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १५५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख हरि खड्काले जानकारी दिए । पीसीआर रिपोर्ट नेगेटिभ आएका १५५ जनालाई घर पठाइएको प्रमुख खड्काले जानकारी दिए ।

यस्तै हंसपुरकै क्वारेन्टाईनमा रहेका ५५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । गत ५ गते स्वाव संकलन गरि पठाइएको रिपोर्ट आउन बाँकी रहेको छ ।

अन्य गत १ गते पठाइएको हापुरे वारेन्टाईनमा १४४ जना र गत ३ गते चरकमटिया तथा कौसिलापुर गरि ६६ जनाको रिपोर्ट आउन बाकी रहेको खड्काले बताए ।